मंगलबार, चैत १०, २०८२

बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो

मेरोन्यूज २०८१ मंसिर २७ गते ८:४७

काठमाडौं । बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा सिधै दोस्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ। गएराति भएको खेलमा बोरुसिया डर्टमन्टमाथि ३-२ को जितसँगै यो सम्भावना बलियो बनेको हो।

Advertisement
nepal life insurencenepal life insurence

च्याम्पियन्स लिगमा सहभागी ३६ टोली मध्य शीर्ष ८ मा रहने टोली सिधै दोस्रो चरणमा प्रवेश गर्ने छन्। नवौँदेखि २४ औं हुने टोलीले प्लेअफबाट अघिल्लो चरणको टुंगो लगाउने छन्।६ खेलको समाप्तिमा बार्सिलोना १५ अङ्कसहित दोस्रो स्थानमा छ। बुधवार भएको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका फेरान टोरेसले दुई गोल गरे।

पहिलो हाफ गोलरहित सकिएपछि ५२ औं मिनेटमा राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाएका थिए।सेरहाउस गुइरासीले आफैमाथि फल प्रहार भएर पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै डर्टमन्डलाई ६० औं मिनेटमा खेलमा फर्काएका थिए।

टोरेसले दोस्रो हाफमा बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाए। गुइरासीले दोस्रो अग्रतालाई कायम रहन दिएनन्। उनको गोलमा डर्टमन्ड दोस्रो पटक बराबरी गोल गर्न सफल भयो।

खेलको ८५ औं मिनेटमा टोरेसले अर्को गोल थप्दै बार्सिलोनालाई जित दिलाए। पराजित डर्टमन्ड १२ अङ्कसहित नवौँ स्थानमा छ। तेस्रोदेखि आठौँ स्थानमा रहने टोलीको १३ अङ्क छ।

प्रतिक्रिया