शुक्रबार, पुष ४, २०८२

सेयर बजारमा ३३ अंककाे गिरावट, काराेबार रकम ६ अर्बमाथि

मेरोन्यूज २०८१ मंसिर २७ गते १५:५८

काठमाडौं। साताको कारोबारको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ४२ अंकले घटेर २,६८२ को विन्दुमा कायम भएको हो ।

बिहीबार ४० कम्पनीको मूल्य बढेको छ २०४ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड माथिको शेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको २१ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको १५ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया