इजरायलको हवाई आक्रमणमा १२ गार्डसहित कम्तीमा ३३ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागहरूमा सहायता ट्रकहरू सुरक्षित गरिरहेका १२ गार्डसहित कम्तीमा ३३ जनाको ज्यान गएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले ध्वस्त क्षेत्रमा तत्काल युद्धविरामको आह्वान गरेको केही घन्टापछि पछिल्लो रक्तपात भएको हो ।
रफाहमा भएको आक्रमणमा सात र अर्को आक्रमणमा खान युनुसमा पाँच जना गार्ड मारिएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताए ।
“कब्जाले एक पटक फेरि सहायता ट्रकहरू सुरक्षित गर्नेहरूलाई लक्षित गर्यो”, आक्रमणमा अधिकांश बालबालिकासहित करिब ३० जना घाइते भएको भन्दै बासलले भने ।
“पिठो बोकेका ट्रकहरू युएनआरडब्लुएका गोदामहरूतर्फ गइरहेका थिए”, बासलले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीलाई उल्लेख गर्दै भन्नुभयो, “कब्जाको उद्देश्य गाजा पट्टीभरका नागरिकहरूका लागि सबै सेवाहरू नष्ट गर्नु हो ।” आक्रमणपछि बासिन्दाहरूले ट्रकबाट पिठो लुटेका थिए ।
इजरायली सेनाले दक्षिणी गाजाको मानवीय कोरिडोरमा उपस्थित सशस्त्र हमास लडाकूहरूमाथि ‘सटीक आक्रमण’ गरेको बताएको छ ।
“मारिएका सबै आतङ्ककारी हमासका सदस्यहरू थिए र उनीहरूलाई गाजाका नागरिकहरूसम्म पुग्नबाट रोक्न निरन्तर आतङ्कवादी गतिविधिको समर्थनमा हिंसात्मक रूपमा मानवीय सहायता ट्रकहरू अपहरण गरेर हमासलाई हस्तान्तरण गर्ने योजना बनाएका थिए”, सेनाले विज्ञप्तिमा दाबी गरेको छ ।
संयुक्त राष्ट्रसङ्घ र अन्य सहायता एजेन्सीहरूले गाजा पट्टीमा १४ महिनाभन्दा बढी समयदेखि जारी युद्धले बढाएको गम्भीर मानवीय सङ्कटबारे बारम्बार चेतावनी दिएका छन् ।
















कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया