इजरायलको हवाई आक्रमणमा १२ गार्डसहित कम्तीमा ३३ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागहरूमा सहायता ट्रकहरू सुरक्षित गरिरहेका १२ गार्डसहित कम्तीमा ३३ जनाको ज्यान गएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले ध्वस्त क्षेत्रमा तत्काल युद्धविरामको आह्वान गरेको केही घन्टापछि पछिल्लो रक्तपात भएको हो ।
रफाहमा भएको आक्रमणमा सात र अर्को आक्रमणमा खान युनुसमा पाँच जना गार्ड मारिएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताए ।
“कब्जाले एक पटक फेरि सहायता ट्रकहरू सुरक्षित गर्नेहरूलाई लक्षित गर्यो”, आक्रमणमा अधिकांश बालबालिकासहित करिब ३० जना घाइते भएको भन्दै बासलले भने ।
“पिठो बोकेका ट्रकहरू युएनआरडब्लुएका गोदामहरूतर्फ गइरहेका थिए”, बासलले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीलाई उल्लेख गर्दै भन्नुभयो, “कब्जाको उद्देश्य गाजा पट्टीभरका नागरिकहरूका लागि सबै सेवाहरू नष्ट गर्नु हो ।” आक्रमणपछि बासिन्दाहरूले ट्रकबाट पिठो लुटेका थिए ।
इजरायली सेनाले दक्षिणी गाजाको मानवीय कोरिडोरमा उपस्थित सशस्त्र हमास लडाकूहरूमाथि ‘सटीक आक्रमण’ गरेको बताएको छ ।
“मारिएका सबै आतङ्ककारी हमासका सदस्यहरू थिए र उनीहरूलाई गाजाका नागरिकहरूसम्म पुग्नबाट रोक्न निरन्तर आतङ्कवादी गतिविधिको समर्थनमा हिंसात्मक रूपमा मानवीय सहायता ट्रकहरू अपहरण गरेर हमासलाई हस्तान्तरण गर्ने योजना बनाएका थिए”, सेनाले विज्ञप्तिमा दाबी गरेको छ ।
संयुक्त राष्ट्रसङ्घ र अन्य सहायता एजेन्सीहरूले गाजा पट्टीमा १४ महिनाभन्दा बढी समयदेखि जारी युद्धले बढाएको गम्भीर मानवीय सङ्कटबारे बारम्बार चेतावनी दिएका छन् ।










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया