आइतबार, वैशाख १३, २०८३

कामना प्रतिष्ठामा सर्वसम्मत नेतृत्व चयन,अध्यक्षमा तिमल्सिना

मेरोन्यूज २०८१ मंसिर २७ गते २०:२९

काठमाडौं ।नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा (नेपाल समाचारपत्र)मा सबै पदाधिकारीहरु निर्विरोध चयन भएका छन् ।
महासंघ कामना प्रतिष्ठान शाखाको बुधबार भएको ९ औं अधिवेशनले भगवती तिमल्सिनाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

Advertisement
NiccNicc

प्रतिष्ठानको उपाध्यक्षमा सुनील महर्जन, सचिवमा सूर्यप्रसाद अर्याल, कोषाध्यक्षमा शारदा शर्मा(गौतम) तथा सदस्यमा सरोज राजोपाध्यय र कर्ण प्रधान चयन भएका छन् । त्यसैगरी केन्द्रीय पार्षद् र प्रदेश पार्षद् पनि निर्विरोध चयन गरिएको छ । जस अनुसार केन्द्रिय पार्षद्मा यदुप्रसाद भट्ट, राजु श्रेष्ठ र रामप्रसाद (दीपक) रिजाल चयन भएका छन् भने प्रदेश पार्षद्मा प्रकाश श्रेष्ठ र सरस्वती सुनार चुनिएका हुन् ।

सो अधिवेशनका क्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कामना पव्लिकेसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध सम्पादक दिरेकलाल श्रेष्ठले प्रतिष्ठानमा आउने नयाँ नेतृत्वले आगामी दिनमा सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्ने गरी सिर्जनात्मक कार्यक्रम ल्याउनुपर्ने र त्यसमा व्यवस्थापनले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितले प्रतिष्ठानमा कार्यरत सबै सञ्चारकर्मी र कर्मचारीले एकतावद्ध भई संस्थाको गरिमा अझ उच्च राख्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया