खुम्बु क्षेत्रमा सङ्घले उडान नरोक्ने

काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो ।
सङ्ले बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै, “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा लगाएको रोक पालना गर्न बाध्य छैनौँ ।
सदस्य वायुसेवा कम्पनीहरूले हाल उडान गरिरहेका गन्तव्यहरूमा प्राधिकरणसँग अनुमति लिई उडानलाई निरन्तरता दिने जानकारी गराउँछौँ”, भनेको छ ।
साथै सङ्घले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ । गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान गर्न नदिने भन्दै सङ्घलाई पत्राचार गरेको थियो ।














बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रतिक्रिया