जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ ।
केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिबारसम्म चल्नेछ ।
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिका बारे बैठकमा समिक्षा हुँदैछ ।
यही मंसिर मसान्तमा पहिलो चरणको सम्पन्न हुने गरी चार महिनाअघि सुरु भएको ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को बिस्तृत समिक्षा र यस अभियानको प्रभावकारी निरन्तरता पनि बैठकको प्रमुख एजेन्डा रहेको छ ।
संगठन बिस्तारको जारी अभियान जनस्तरमा अत्यन्तै प्रभावकारी देखिएको हुँदा यसलाई आगामी दिनमा थप व्यवस्थित ढंगले निरन्तरता दिनुपर्ने पार्टी नेतृत्वको प्रारम्भिक बुझाई रहेको बताइन्छ ।
यसका साथै, पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माण बारे पनि बैठकमा छलफल हुने बताइएको छ । बैठक भोलि शुक्रबार सम्पन्न हुनेछ ।
स्थानीय उप निर्वाचनमा कुल १२ स्थानमा उम्मेदबारी दिएको जसपा नेपालले मधेश प्रदेशमा दुई वटा वडा अध्यक्षमा विजयी भएको छ ।
















प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया