सोमबार, चैत २, २०८२

चितवनमा टाटा म्याजिक ‘बीएस६’ सार्वजनिक

मेरोन्यूज २०८१ मंसिर २८ गते १५:१३

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनमा टाटा म्याजिक ‘बीएस६’ सार्वजनिक गरेको छ । सिप्रदीले एक विशेष समारोहबीच उक्त टाटा म्याजिक सार्वजनिक गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सिप्रदी ट्रेडिङ्ग प्रालिका सिभीबीयू कृष्ण चन्दका अनुसार टाटा म्याजिक ‘बीएस६’ गाडीमा ६९४ सीसी पेट्रोल इन्जिन, ३० एचपी पावर, ५५ एनएम टर्क, ५–स्पीड गियर, १३ इन्चका टायर, डिजिटल ओडोमिटर, इको स्विच, एबीएस, र एन्टि–रोल बार जस्ता विशेषताहरू छन् । यी विशेषताले यात्रुहरूको लागि आरामदायी यात्रा र व्यवसायिक दृष्टिकोणबाट उच्च लाभ सुनिश्चित गर्नेछ ।

‘चितवन जस्तो व्यस्त सहरी क्षेत्रमा टाटा म्याजिक बीएस६ ले यातायात क्षेत्रको लागि नयाँ आयाम थप्नेछ । यसको किफायती सञ्चालन लागत र आधुनिक प्रविधिले यहाँका व्यवसायीहरूलाई अझ सशक्त बनाउनेछ’, उनले भने ।

कार्यक्रममा बोल्दै प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले टाटा म्याजिक सहरी यातायात र विद्यालय यातायातका लागि उपयुक्त मोडेल रहेको बताए । उनले यसले प्रदूषण घटाउन र इन्धनको कुशल प्रयोग गर्न मद्दत गर्ने बताए ।

प्रतिक्रिया