प्रिमियम सेडान जेएमईभी जिएसई कार नेपालमा सार्वजनिक
मेरोन्यूज
२०८१ मंसिर २८ गते १७:५७
काठमाडौं । सौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जिएसई इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बिच यो प्रिमियम सेडान कार सार्वजनिक गरेको हो ।
४९ किलोवाट आवर ब्याट्री क्षमताको यो कारको मोटर आउटपुट ९९ किलोवाट रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो कारले फुल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ । १७० एमएम ग्राउण्ड क्लियरेन्स छ भने ३६० डिग्री एभीएम भिजुअल सिस्टम छ । यस्तै ४१० लिटर बुट स्पेस छ ।
नेपालको भुगोललाई मध्यनजर गरी यो कार ल्याइएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार जिआङसी जियाङलिङ ग्रुप भेहिकल कम्पनी लिमिटेड (जेएमईभी) ले निर्माण गरेको यो कारको मुल्य ५३ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया