एक महिनामै नेपालका सडकमा गुड्न थाले ३०० नामी कार
मेरोन्यूज
२०८१ मंसिर २८ गते १५:५७
काठमाडौं। एक महिनामै ३०० नामी कार बिक्री भएका छन् । नेपालका लागि नामीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि मोटर्सले ३०० कार बिक्री भएको जानकारी दिएको हो ।
नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटाभन्दा बढी बुकिङहरू प्राप्त गरेको थियो।
नामीले बिग ह्याच विथ फाइभ-स्टार लक्जरी, अटोमोबाइल उद्योगमै नेपालमा पहिलो पटक एक विशेष फेसन शो थिममा लन्च गरेको थियो ।
फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ एडीएएस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्ने एमएडब्लू वृद्धि मोटर्सले जनाएको छ ।
नामी कार विभिन्न रङमा उपलब्ध छन् ।
एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गरे ।
सम्बन्धित
प्रतिक्रिया