बुटवल–बर्दघाट २२० केभी प्रसारलाइन सञ्चालनमा

काठमाडौं । पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका–५ सम्मको साढे २१ किलोमिटर प्रसारणलाइन निर्माण सम्पन्न गरी बिहीबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनदेखि नयाँ बुटवलसम्मको २२० केभी प्रसारणलाइनलाई चार्ज गरिएको हो ।
नयाँ बुटवल–बर्दघाट प्रसारणलाइन सञ्चालनमा आएसँगै नयाँ बुटवलबाट हेटौँडासम्म २२० केभी प्रसारणलाइन पूर्वाधार संरचना तयार भएको छ । प्रसारणलाइनले करिब एक हजार २०० मेगावाट विद्युत् भार बोक्न सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।










५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया