आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मेरोन्यूज
२०८१ मंसिर २९ गते ८:१३

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई चितुवा देखिएको थियो ।
बजार क्षेत्रमै चितुवा देखिएपछि डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा पासो थापिएको छ । आँबुखैरेनी–३ का वडाध्यक्ष दिनेश केसीले वन कार्यालयले ल्याएको खोर चितुवा देखिएको क्षेत्रमा राखिएको जानकारी दिए । एउटा चितुवा तत्कालै भागे पनि अर्को चितुवा धेरै बेरसम्म एकैठाउँमा बसेपछि स्थानीयवासीमा त्रास समेत उत्पन्न भएको थियो ।
उनले भने “बजार क्षेत्रमै चितुवाको त्रास बढेको छ । चितुवालाई नियन्त्रणका लागि पासो राखिएको छ ।” झिसमिसे बिहान र साँझको समयमा घर बाहिर एक्लै नहिँड्न वडावासीलाई आग्रह गरिएको वडाध्यक्ष केसीले बताए ।
सम्बन्धित










मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया