पत्रकार महासंघ संखुवासभाको अध्यक्षमा शाक्य निर्वाचित

सङ्खुवासभा । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा कृष्णराज शाक्य निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी दिपेन्द्र शाक्यलाई पराजित गर्दै कृष्णराज अध्यक्ष निर्वाचित भएका हुन्। शाक्य यसअघि उपाध्यक्ष थिए।
यसैगरी, उपाध्यक्षमा कोषाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुल्ला दुर्गामणि पौडेल, समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिष विष्ट निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा सुरेन शाक्य, खेवाहाङ मेवाहाङ, दुर्गाबहादुर कटुवाल र जनक चापागाईँ निर्वाचित भएका छन्।
प्रदेश परिषद् सदस्यमा गंगा विष्ट,समिक्षा मगर,माधव सुवेदी र ध्यान बहादुर राई निर्विरोध निर्वाचित भएका छन्। यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहन कुमार राई निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्य महिला भन्ने खाली परेको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिए।









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया