सोमबार, चैत २, २०८२

पुसका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

मेरोन्यूज २०८१ मंसिर ३० गते १२:४९

काठमाडौं । पुस महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन्। केही बैंकले ब्याजदर घटाउँदा केहीले बढाएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार सार्वजनिक ब्याजदरअनुसार धेरैजसो बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

मंसिरकै ब्याजरलाई पुसमा निन्तरता दिने बैंकमा सिटिजन्स बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन्। मंसिरमा सिटिजन्स बैंकले ५.६५ प्रतिशत, एभरेस्ट बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.७५, हिमालयन बैैंकले ६.२५, कुमारी बैंकले ५.९१ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत दिएका थिए।

पुसका लागि एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले ब्याजदर बढाउँदा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले भने मंसिरको तुलनामा पुसका लागि ब्याजदर घटाएका हुन्।

नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ०.३५ प्रतिशतले घटाएर ५.५६ प्रतिशत ब्याज कायम गर्दा एनआईसी एसियाले ०.१९ प्रतिशतले घटाएर ६.६ प्रतिशत र सानिमा बैंकले ०.१ प्रतिशतले ब्याज घटाएर ६.०५ प्रतिशत ब्याजदर कायम गरेका हुन्।

यस्तै कृषि विकास बैंकले भने ०.०३३ प्रतिशतले ब्याजदर बढाएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.५३ प्रतिशत कायम गर्दा प्राइम कमर्सियल बैंकले ०.५ प्रतिशतले बढाएर ६.२५ प्रतिशत र एनएमबी बैंकले १.०३ प्रतिशत ब्याज बढाएर ६.६ प्रतिशत ब्याजदर कायम गरेको छ।

प्रतिक्रिया