लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै

फुङलिङ (ताप्लेजुङ) । लिम्बू समुदायले आज चासोक (न्वागी) पर्व मनाउँदै छन् । अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई पूजा गरी चढाएर लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउन थालेका हुन् ।
लिम्बूहरूको संस्था किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिवाका अनुसार किराँत समुदायमा अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई चढाउने परम्परा छ ।
लिम्बू समुदायका हरेक घरमा वर्षभरि उब्जाइएको अन्न कुलदेवतालाई चढाएर मात्र उपभोग गरिन्छ । यो परम्परा धार्मिक विश्वास र सामाजिक सद्भावको प्रतीक मानिन्छ । लिम्बू जातिका चाडपर्व प्रकृति पूजा र कृषिमा आधारित छन् । चासोक तङनाम लिम्बू समुदायको विशेष पर्व हो । यसलाई ‘न्वागी पूजा’भनेर पनि चिनिन्छ ।
यो चाड उद्यौली याममा, अन्नबाली भित्र्याएपछि, देवतालाई धन्यवाद दिने उद्देश्यले मनाइने समुदायका ज्येष्ठ नागरिक बताउँछन् । किराँत याक्थुङ चुम्लुङका अनुसार लिम्बूहरूका आदिम पूर्खाले तागेरा निङ्वाभु माङसँग प्रार्थना गरी खेतीपाती गर्न बीउबिजन प्राप्त गरेका थिए । त्यसयता, अन्न देवतालाई चढाएर मात्र उपभोग गर्ने परम्परा बसालेको लिम्बू समुदायमा जनविश्वास रहिआएको छ ।
लिम्बू समुदायका प्रा अमर तुम्याङहाङका अनुसार चासोक पूजा देवीदेवताको कृपा प्राप्तिका लागि गरिन्छ । परम्परागत रूपमा यो पूजा घरघरमा गरिए पनि अहिले सामूहिक रूपमा चासोक तङनाम मनाउने चलन बढेको उनले बताए । चासोक तङनाम सामूहिक रूपमा मनाउने क्रममा गाउँगाउँमा सांस्कृतिक कार्यक्रम, मौलिक नृत्य (यालाङ, च्याब्रूङ), र शुभकामना आदानप्रदान गरिने तुम्याङहाङले जानकारी दिए ।
किराँत समुदायका अन्य शाखामा पनि यो चाड विभिन्न नाम र स्वरूपमा मनाइन्छ । नेपाल सरकारले चासोक तङ्नामका अवसरमा मङ्सिर पूर्णिमाका दिन सार्वजनिक बिदा दिने परम्परा सुरू गरेको छ । पूजामा युमा, थेबा, थङदाङबा, र अन्य देवीदेवतालाई पुजिन्छ ।
पूजा सहजताका लागि सर्वप्रथम ‘मिसेक्पा पूजा’ गरिन्छ, जसले बाधारहित पूजा सम्पन्न हुने विश्वास गरिन्छ । किराँत समुदायका पूजारी सुने लिम्बूका अनुसार चासोक तङ्नामले कृषि, धर्म, र सांस्कृतिक एकतालाई प्रतिविम्बित गर्दछ ।
















सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया