दुर्गम पलाँतामा टेलिकम

मान्म (कालीकोट । कालीकोट दुर्गम पलाँता गाउँपालिकामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । पलाँता गाउँपालिकामा सञ्चारको सेवा नपुगेका कारणले सञ्चारको सेवा पुर्याउनका लागि नेपाल टेलिकमको टावर स्थापना गरिएको छ ।
पलाँता गाउँपालिका–४ को रिज्जेव डाडाँमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । टावर जडान भएपछि पलाँता गाउँपालिकाको ९० प्रतिशत ठाउँमा सञ्चारको पुग्ने दूर सञ्चार कार्यालय कालीकोट कार्यालय प्रमु प्रेमसिंह विष्टले बताए ।
“गाउँपालिका–२, ३, ४, ५, र ६ मा सबै क्षेत्रमा काम गर्नुका साथै पचालझरना गाउँपालिकामा समेत सञ्चार सेवा पुग्नेछ”, उनले भने, “दुर्गम क्षेत्रमा सञ्चारको सेवा पुर्याउने लक्ष्य अनुसार टावरको स्थापना भएर सञ्चालनमा आएको हो ।” टावरको सञ्चालनमा आएसँगै नेपाल टेलिकमको फोरजी र फाइभजी सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको गाउँपालिका–४ का वडाध्यक्ष तिलक बुढाले जानकारी दिए ।
“गाउँमै फोरजी फाइभजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालन हुन लागेको छ,” उनले भने, “यसले यहाँका सञ्चारको सेवाबाट वञ्चित नागरिकलाई राहत दिनेछ ।”
यहाँ सञ्चार सेवा तथा इन्टरनेट सेवा नहुँदा नागरिकलाई निकै सास्ती भएको र सूचना प्रवाहबाट नागरिक वञ्चित हुनुपरेको टेलिकम टावर स्थापनाले सहज हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायले बताए ।














अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान : तराई तुँवालो,कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपात
कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
माघ ३ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया