स्नायु विकासको द्रूत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

काठमाडौं । रातो बङ्गला फाउण्डेसनले एक समारोहको आयोजना गरी स्नायु विकासको द्रूत मुल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्यो ।
फाउण्डेसनले रातो बङ्गला स्कुल र ललितपुर महानगरपालिका सँगको सहकार्यमा ललितपुर महानगरपालिका भित्रका ८ सामुदायिक विद्यालयहरूका विद्यालय नर्सहरूलाई तालिम प्रदान गर्नुका साथै महानगरपालिका भित्रका २९सै वडाहरूमा घरपरिवा सर्वेक्षण सम्पन्न गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलको प्रमुख आतित्थ्यमा सम्पन्न सो समारोहमा फाउण्डेसनका अध्यक्ष डा. शान्ता दीक्षितले आगामी दिनमा फाउन्डेसनले पालिकाहरूसँगको सहकार्यमा आरएनडिएलाई देशभरी फैलाउने बताए ।
कार्यक्रममा बिभिन्न पालिकाका नगरप्रमुखहरू, प्रमुख प्रशासकिय अधिकृतहरू, बिभिन्न सङ्घ संस्थाहरूका प्रतिनिधिहरू बिभिन्न शिक्षा तथा स्वास्थ क्षेत्रका सरोकारवाला निकायको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
बङ्गलादेश प्रोतिबोन्धी फाउण्डेसनका डा नाइला जमान खान, श्री हुमैरा मुश्लिम लगायतका अनुसन्धानकर्ताहरू, बाल चिकित्सकहरू, बाल पोषणविद्हरू संलग्न टोलीले विकास गरेको यो स्नायू विकासको द्रूत मुल्याङ्कन एक सरल बिधि हो । जसले बालबालिकाहरूमा भविषयमा हुन सक्ने स्नायु विकासका कमि कमजोरीहरुलाई पहिचान गर्ने विश्वास गरिएकोछ ।
यसले बालबालिकाका विकासका ८ क्षेत्र ( ठुला मांशपेशी,सूक्ष्म मांशपेशी,दृष्टि,श्रवणश्क्ति,बोली,बौद्धिकता,व्यवहार,छोप्ने व्यथा ) र थप पोषणका २ क्षेत्र (उमेर अनुसारको सानो कद,र उमेर अनुसारको कम तौल)मापन गर्दछ । यो सरल विधि साधारण व्यक्ति जसले बालबालिकाहरूको हेरचाह गर्दछ वा जो बालबालिकाहरू सँग नजिक भएर काम गर्दछ, जस्तै अभिभावक, बाल सहजकर्ता, शिक्षकले सजिलै कम खर्चमा प्रयोग गर्न सक्ने जनाइएको छ ।















पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न आधिकारिक निकायकाे अनुरोध
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया