स्नायु विकासको द्रूत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

काठमाडौं । रातो बङ्गला फाउण्डेसनले एक समारोहको आयोजना गरी स्नायु विकासको द्रूत मुल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्यो ।
फाउण्डेसनले रातो बङ्गला स्कुल र ललितपुर महानगरपालिका सँगको सहकार्यमा ललितपुर महानगरपालिका भित्रका ८ सामुदायिक विद्यालयहरूका विद्यालय नर्सहरूलाई तालिम प्रदान गर्नुका साथै महानगरपालिका भित्रका २९सै वडाहरूमा घरपरिवा सर्वेक्षण सम्पन्न गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलको प्रमुख आतित्थ्यमा सम्पन्न सो समारोहमा फाउण्डेसनका अध्यक्ष डा. शान्ता दीक्षितले आगामी दिनमा फाउन्डेसनले पालिकाहरूसँगको सहकार्यमा आरएनडिएलाई देशभरी फैलाउने बताए ।
कार्यक्रममा बिभिन्न पालिकाका नगरप्रमुखहरू, प्रमुख प्रशासकिय अधिकृतहरू, बिभिन्न सङ्घ संस्थाहरूका प्रतिनिधिहरू बिभिन्न शिक्षा तथा स्वास्थ क्षेत्रका सरोकारवाला निकायको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
बङ्गलादेश प्रोतिबोन्धी फाउण्डेसनका डा नाइला जमान खान, श्री हुमैरा मुश्लिम लगायतका अनुसन्धानकर्ताहरू, बाल चिकित्सकहरू, बाल पोषणविद्हरू संलग्न टोलीले विकास गरेको यो स्नायू विकासको द्रूत मुल्याङ्कन एक सरल बिधि हो । जसले बालबालिकाहरूमा भविषयमा हुन सक्ने स्नायु विकासका कमि कमजोरीहरुलाई पहिचान गर्ने विश्वास गरिएकोछ ।
यसले बालबालिकाका विकासका ८ क्षेत्र ( ठुला मांशपेशी,सूक्ष्म मांशपेशी,दृष्टि,श्रवणश्क्ति,बोली,बौद्धिकता,व्यवहार,छोप्ने व्यथा ) र थप पोषणका २ क्षेत्र (उमेर अनुसारको सानो कद,र उमेर अनुसारको कम तौल)मापन गर्दछ । यो सरल विधि साधारण व्यक्ति जसले बालबालिकाहरूको हेरचाह गर्दछ वा जो बालबालिकाहरू सँग नजिक भएर काम गर्दछ, जस्तै अभिभावक, बाल सहजकर्ता, शिक्षकले सजिलै कम खर्चमा प्रयोग गर्न सक्ने जनाइएको छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया