‘रियलमी सी ६३’ को नयाँ भेरिएन्ट बजारमा उपलब्ध, मुल्य कति ?

काठमाडौँ । रियलमीले रियलमी सि ६३ को ४+६४ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ ।
रियलमी सि ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन् । फास्टेस्ट एभर ४५ वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडि र भिगन फिनिसका साथ आएको यस रियलमी सि ६३को ४+ ६४ जीबी भेरिएन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ ।
यसबारे बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एण्ड रिसर्च मुनिस गिरीले भने, “हामी नेपाली बजारमा रियलमी सि ६३ को यो भेरिएन्ट ल्याउन पाउँदा निकै उत्साहित छौं । यो स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । ग्राहकवर्गको चाहनालाई मध्यनजर गर्दै हामीले सि ६३ को ४+ ६४ जीबी भेरियन्ट झनै किफायती मूल्यमा ल्याएका छौँ । ”
यस्ता छन् विशेषता :
फास्ट चार्जिङ र शक्तिशाली ब्याट्री
४५ वाटको सुपरभोक चार्जर रहेको रियलमी सि ६३ छिटै चार्ज गर्न सकिन्छ । साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ । ३८ दिनको स्ट्याण्ड बाइ टाइम भएको रियलमी सि ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टा सम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ ।
३८ प्रकारका चार्ज प्रोटेक्शन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सि ६३ ले केवल छिटो चार्जिङ मात्र होइन, उच्च सुरक्षा पनि सुनिश्चित गर्दछ । विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरि भरपर्दो पावर उपलब्ध गराउँछ ।
आकर्षक डिजाइन र उच्चतम अडियो
७.७४ मिलिमिटर चौडाइ भएको रियलमी सि ६३ जेड ग्रीन र लेदर ब्लू रंगमा डिजाइन गरिएको छ । केवल १९१ ग्राम तौल भएको यो फोन चलाऊन पनि उत्तिकै सहज छ । वान–माइक नोइज क्यान्सलेशन र सुपर लिनियर मोनो स्पिकरहरू पनि भएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ । साथमा म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपल इफेक्ट पनि प्रदान गर्दछ ।
टिकाउ एवम् उत्कृष्ट प्रदर्शन
रियलमी सि ६३ लाई दीर्घकालीन प्रयोगको लागि विशेष रूपमा डिजाइन गरिएको छ । यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ जसले ४ वर्षसम्म बिना कुनै रोकावट र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्दछ । यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निमार्ण भएको छ जसमा ४+४ जीबीको डाइनामिक ¥याम र १२८ जिबीसम्मकोे स्टोरेज अप्सन रहेको छ जुन ग्राहकवर्गको लागि अधिकतम हुन्छ ।
रियलमी सि ६३ मा एआई बुस्ट प्रविधि रहेको छ जसले गेमिङ र मल्टिटास्किङलाई थप प्रभावकारी बनाउँछ । स्मूथ बुस्ट प्रविधिले एपहरू छिटो लन्च गर्न र सहज रूपमा स्विच गर्न मद्दत गर्दछ भने गेम बुस्टले गेमिङको स्थिरतामा १०% सुधार गर्दै फ्रेम रेटलाई अझ स्थिर बनाउँछ ।
आई कम्फर्ट डिस्प्ले र उत्कृष्ट अडियो अनुभव
रियलमी सी ६३ को ६.७४५ इन्च डिस्प्लेमा जीवन्त दृश्यहरू देख्न पाइन्छ । यसमा ५६० निट्स (एचबिएम) सम्मको ब्राइटनेस पनि समेटिएकोले सबै खाले लाइटिङ कन्डिसनमा यसको प्रयोग मजाले गर्न सकिन्छ । स्कृन टु बडी ९०.३ प्रतिशतको साथमा १६००८७२० को एचडी रिजोलुसन र ९० हर्जको रिफ्रेस रेटको साथ रियलमी सी ६३ ले इमर्सिभ डिस्प्ले अनुभव प्रदान गर्दछ । साथै यसको डिस्प्लेले १८० हर्जसम्मको टच स्याम्प्लिङ रेटलाई पनि सपोर्ट गर्दछ । उत्कृष्ट अडियो अनुभवका लागि २०० प्रतिशत क्षमताको अल्ट्रा बुम स्पिकर उपलब्ध रहेको छ ।
मेमोरी र स्टोरेज एडभान्स क्यामेरा सिस्टम
रियलमी सि ६३ मा ५० मेगापिक्सेलको एआइ क्यामेरा रहेको छ । साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ । यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गूगल लेन्स जस्ता फिचरहरु पनि समावेश रहेको छ । साथै ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ । त्यसैगरी स्ट्रिट फोटोग्राफी फिल्टरले सहरका उत्कृष्ट दृश्य खिच्छ ।
आधुनिक जीवनशैलीका लागि नवीनतम विशेषताहरू
रियलमी सि ६३ मा एयर जेस्चर प्रविधि रहेको छ जसले प्रयोगकर्ताहरूलाई फोन नछोईकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा प्रदान गर्दछ । डायनामिक बटनले थप सहजता दिनका लागि अनुकूलन गर्न मिल्ने सर्टकट उपलब्ध गराउँछ भने राइडिङ मोडले यात्राको क्रममा थप सुरक्षित बनाउँछ ।
एआई न्वाइज रिडक्सन कल फिचरको माध्यमबाट रियलमी सि ६३ ले वरपरको अवाञ्छित आवाजलाई दबाएर नोइजी वातावरणमा पनि स्पष्ट र क्लीयर कलको अनुभव दिन्छ ।
मुल्य र उपलब्धता
रियलमी सि ६३को ४+ ६४ जीबी स्टोरेज भेरिएन्ट रु. १४,४९९ मा जेड ग्रीन र लेदर ब्लू रंगमा नेपालभर उपलब्ध रहेको छ ।










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया