एनपीएल : आज इलिमिनेटरमा कर्णाली र चितवन, क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज इलिमिनेटर खेल हुँदैछ। यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।
लिग चरणका सातमध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन्। समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफ दौडबाट बाहिरिएको छ।
सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरको भिडन्त हुनेछ। यो खेल आज दिउँसो १ बजे सुरु हुनेछ।
चितवन र कर्णालीमध्ये एक टिम इलिमिनेटर प्रतिस्पर्धामा पराजित भएमा उपाधि होडबाट बाहिरिनेछन्। विजयी टिमले भने पहिलो क्वालिफायरमा पराजित टिमसँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।
दोस्रो क्वालिफायर बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ। दोस्रो क्वालिफायरमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिनेछ भने विजयी टिमले पहिलो क्वालिफयारमा विजयी हुने टोलीसँग फाइनलमा उपाधि भिडन्त गर्न पुग्नेछ। नेपालको किक्रेट उत्सावका रुपमा हेरिएको एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने छन्। प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
















एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया