एनपीएल : आज इलिमिनेटरमा कर्णाली र चितवन, क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज इलिमिनेटर खेल हुँदैछ। यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।
लिग चरणका सातमध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन्। समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफ दौडबाट बाहिरिएको छ।
सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरको भिडन्त हुनेछ। यो खेल आज दिउँसो १ बजे सुरु हुनेछ।
चितवन र कर्णालीमध्ये एक टिम इलिमिनेटर प्रतिस्पर्धामा पराजित भएमा उपाधि होडबाट बाहिरिनेछन्। विजयी टिमले भने पहिलो क्वालिफायरमा पराजित टिमसँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।
दोस्रो क्वालिफायर बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ। दोस्रो क्वालिफायरमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिनेछ भने विजयी टिमले पहिलो क्वालिफयारमा विजयी हुने टोलीसँग फाइनलमा उपाधि भिडन्त गर्न पुग्नेछ। नेपालको किक्रेट उत्सावका रुपमा हेरिएको एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने छन्। प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।









माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया