काठमाडौंसहित विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२५ बाङ्गेमुढा डेरा गरी बस्ने ४५ वर्षीया पुनम गुरूङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सिपाडोल भाइरल प्लानिङ बस्ने काभ्रे चौरी देउराली गाउँपालिका(६ घर भएका ३२ वर्षीय निमा तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बारा, फेटा गाउँपालिका-२ जगतपुर डेरा गरी बस्ने भारत बिहार घर भएका ५० वर्षीय संजिब कुमार झा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, राजगढ गाउँपालिका-२ बनिनियास्थित कुलोमा भारत दरभंगा ग्राम पंचायत सयामपुर बस्ने ५५ वर्षीय श्रीकान्त लाल देव मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
माथिका सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।










राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया