दाङमा आफ्नै श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ
मेरोन्यूज
२०८१ पुष ३ गते १७:३५

दाङ । दाङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
३२ वर्षीया श्रीमती हस्ती कुमारी बुढाथोकीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-२ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्र बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चित्र बहादुरले आफ्नै घरको बैठक कोठामा दाउ प्रहार गर्दा हस्ती कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई तुलसीपुर उपमहानगरपालिका-७ स्थित कारागार कार्यालय नजिकैबाट पक्राउ गरेको जनाइएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया