कमल बिरही थापाको ‘सुनतारा’ बजारमा

काठमाडौं । लोकदेउडा गायक कमल बिरही थापाले देउडा गीत सुनतारा बजारमा ल्यायाका छन्। इजू, उडिगै डालिका मैना, चिना हरायाको मान्छे, निलकमल फुल्यो जस्ता थुप्रै चर्चित गीत बजारमा ल्याइसकेका थापाले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका हुन्।
उनले गीत आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका छन्। रेस विसीको निर्देशन र जानकी थापा मगरको निर्माणमा बनेको गीतमा थापालाई तुलसी घर्ती मगरले स्वरमा साथ दिएकी छन्।
अभिनयमा रेस विसी, निरुता विष्ट र गोपाल चौलागाईंको छन्। संगीत संयोजन तेजेन्द्र गुरुङको र क्यामरासँगै भिडियो सम्पादन कमल सुनारको छ।
थापा देउडा क्षेत्रका पुराना गायक हुन्। आजभोली उनी जिविकोपार्जनका लागि दक्षिण कोरिया छन्। परदेश भए पनि उनले नेपाली गीत/संगीतखी भुलेका छैनन्। परदेशैबाट पनि उनी सांगीतिक क्षेत्रमा सकेको योगदान पुर्याइरहेका हुन्छन्। उनले आगामी दिनमा पनि गीत बजारमा ल्याउन्या सोच रहेको बताए।












एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया