सुखीपुरमा चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता
मेरोन्यूज
२०८१ पुष ४ गते १०:३४

सिरहा। सिरहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नाराका साथ यही पुस ७ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
नगर सुधार समिति सुखीपुरको आयोजना र स्थानीय क्रिकेट क्लबको व्यवस्थापनमा प्रतियोगिता हुने समितिका संयोजक भुवन यादवले जानकारी दिए । उनका अनुसार सुखीपुर नगरका दश वटै वडाले आफ्नो खेलाडी समूह सहभागी गराउने छन् ।
प्रतियोगिताको लागि अहिले खेल अभ्यास गराउँदै आएको संयोजक यादवले जानकारी दिए । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको पहिचान गरिने र उनीहरुको विकासमा नगरले ध्यान दिने नगरप्रमुख रामऔतार यादवले बताए ।
त्यसैगरी उनले खेलको व्यवसायीकरणबाट नगरको प्रतिष्ठा र गौरव बढाउन सकिने भएकाले प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको पनि जानकारी दिए ।
सम्बन्धित











नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया