सुखीपुरमा चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता
मेरोन्यूज
२०८१ पुष ४ गते १०:३४

सिरहा। सिरहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नाराका साथ यही पुस ७ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
नगर सुधार समिति सुखीपुरको आयोजना र स्थानीय क्रिकेट क्लबको व्यवस्थापनमा प्रतियोगिता हुने समितिका संयोजक भुवन यादवले जानकारी दिए । उनका अनुसार सुखीपुर नगरका दश वटै वडाले आफ्नो खेलाडी समूह सहभागी गराउने छन् ।
प्रतियोगिताको लागि अहिले खेल अभ्यास गराउँदै आएको संयोजक यादवले जानकारी दिए । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको पहिचान गरिने र उनीहरुको विकासमा नगरले ध्यान दिने नगरप्रमुख रामऔतार यादवले बताए ।
त्यसैगरी उनले खेलको व्यवसायीकरणबाट नगरको प्रतिष्ठा र गौरव बढाउन सकिने भएकाले प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको पनि जानकारी दिए ।
सम्बन्धित
















चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
प्रतिक्रिया