अजय देवगनको ‘दे दे प्यार दे २’ को रिलिज मिति किन १ बर्ष पछाडि धकेलियो

मुम्बई। बलिउड स्टार अजय देवगनको रोमान्टिक कमेडी ‘दे दे प्यार देको सिक्वेल’ पुर्व निर्धारित मिति स्थगित गरिएको छ ।
अंशुल शर्मा द्वारा निर्देशित, ‘दे दे प्यार दे २ मे १, २०२५ मा ठूलो पर्दामा आउने भनिएको थियो, अब सो फिल्म १४ नोभेम्बर, २०२५ मा मात्रै रिलिज हुनेछ । जुन मिति अब देवगनको क्राइम थ्रिलर ‘रेड २’ ले लिएको छ।
टि सिरज र लभ फिल्मद्वारा निर्मित दे दे प्यार देः २ मा अजय देवगनले रकुल प्रीत सिंहको साथमा आफ्नो भूमिका दोहोर्याउनेछन्, जसको पहिलो भाग २०१९ मा रिलिज भएको थियो । पहिलो चलचित्रबाट आफ्नो चरित्र पुनः प्रस्तुत गर्न अजय देवगन फर्केका छन्। कास्टमा आर माधवन नयाँ थपिएका छन्। यस वर्षको सुपरहिट ‘शैतान’ पछि उनी अजयसँग पुनः एउटै पर्दामा देखिने भएका छन ।
सिक्वेलले रकुल प्रीत सिंहको परिवारमा आशिष (अजय देवगन) र आयशा (रकुल) बीचको सम्बन्धबाट उत्पन्न हुने हाँस्य घटनाहरूको वर्णन गर्नेछ। अहिले चलचित्रको छायांकन भइरहेको छ ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया