‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु

लुम्बिनी। लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरी प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु गरेको छ । ठाकुर बाबा नगरपालिकाको सहकार्यमा प्रदेश सरकारले अभियान शुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार अभियानको उद्घाटन गरे।
प्रदेश सरकारको चालु आर्थिक बर्ष २०८१÷८२ को स्वीकृत वार्षिक कार्यक्रम नीति तथा कार्यक्रअन्तर्गत ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गरिएको हो । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । जसअन्तर्गत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो ।
अभियानको शुभारम्भ गर्दै मुख्यन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको र त्यसको सुरुआत बर्दियाबाट गरिएको बताए । “बर्दिया जिल्लाको ऐतिहासिकस्थल र यहाँ रहेको राष्ट्रिय निकुञ्ज भ्रमणको गन्तव्यस्थल हो”, उनले भने, “लुम्बिनी प्रदेश बासीलाई एक पटक बर्दिया पुग्ने गरी, भ्रमण गर्ने गरी हार्दिक आमन्त्रण गर्दै भ्रमण गर्न आह्वान गर्दछु ।”
प्रदेश सरकारले कर्मचारीहरुलाई आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणको लागि दश दिनको समय उपलब्ध गराउने गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले कर्मचारीलाई पनि बर्दिया जिल्लाको भ्रमणका लागि आह्वान गरे । बर्दिया जिल्लाको समस्या बर्दियाको मात्रै नभएर सिङ्गो प्रदेशको समस्या भएकाले प्रदेश सरकारले समाधानका लागि ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे ।
समस्याको वर्गीकरण गरेर तीन तहका सरकारले साझारुपमा सम्वोधन गर्ने गरी पहल सुरु भएको भनाइ उहाँको छ । बर्दिया राष्ट्रिय निकुञ्ज सँगसँगै जिल्लाकै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाउँ बर्दिया कार्यक्रम आयोजना गरिएको हो ।
देशका विभिन्न राष्ट्रिय निकुञ्जभन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको, एकै दिनमा बाघ, गैँडा र जङ्गली हात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गे विभिन्न प्रकारका चराचुरुङ्गी अवलोकन गर्न पाइन्छ ।
















स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया