जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
मेरोन्यूज
२०८१ पुष ५ गते १०:४४

काठमाडौंमा । जनकपुरमा एक वृद्धको हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ।
टाउकोमा इट्टा प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ। मागेर खाने र राति मन्दिर छेउमै सुत्ने गरेको पाइएको छ।
बाहिरबाट अर्को व्यक्ति आएर उनी सुत्ने ठाउँमै रक्सी र चुरोट खाएको सोही क्रममा झगडा हुँदा हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले कुकुरसहित टोली परिचालन गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित















स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया