भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी

भक्तपुर । भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ । यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु आठ करोडमा ‘सिटी स्क्यान’ मेसिन खरिद गरेको थियो । अस्पतालले नयाँ भवन निर्माण गरेर यही पुस महिनादेखि सो उपकरण सञ्चालनमा ल्याउने तयारी समेत गरेको छ ।
अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै अस्पताल स्थापना भएको एक सय २० वर्षपछि यही पुस महिनादेखि ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउन लागेको बताइन्।
उनले भनिन, “‘सिटी स्क्यान’ उपकरण सञ्चालनमा ल्याउनकै लागि एकतले भवन निर्माण गरिरहेका छौँ”, भवन निर्माण सम्पन्न भएसँगै यसै महिनादेखि उपकरण सञ्चालनमा ल्याउँछौँ, अब यहाँ आउने बिरामीले ‘सिटी स्क्यान’ गर्न अन्य निजी अस्पतालमा महँगो शुल्क तिरेर जानु पर्दैन, यही सहज हुन्छ ।”
यहाँ सञ्चालनमा आउने ‘सिटी स्क्यान’ मेसिन १० वर्षसम्म मर्मतदेखि त्यसका लागि आवश्यक पेपरसमेत कम्पनीले व्यहार्ने सम्झौता भएकाले अब १० वर्षसम्म यो मेसन बिग्रियो भन्दै वा अन्य बाहनामा मेसिन बन्द नहुने उनले बताइन् ।
अस्पतालकी निर्देशक डा गौतमले भनिन्,“‘सिटी स्क्यान’ मेसिन दिने कम्पनीले नै अबको १० वर्षसम्म मेसिन सञ्चालनमा कुनै समस्या नआउने गरी ग्यारेन्टी गरेको छ, मेसिन सञ्चालनका लागि आवश्यक पेपरसमेत १० वर्षसम्मका लागि पुग्ने गरी व्यवस्था गरेको छ, १० वर्षसम्म यो मेसिन सञ्चालनमा अस्पताल ढुक्क भएको छ ।”
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा रु आठ करोडको लागतमा ‘सिटी स्क्यान’ मेसिन र रु एक करोड १० लाखको लागतमा ‘मेमोग्राम’ मेसिन सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।
उनले भने, “भक्तपुर अस्पतालमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले पहिलो पटक ‘सिटी स्क्यान’ मेसिन जडान गर्न मेसिन खरिद गरेको छ । यसै महिना सञ्चालनमा आउँछ । यस अस्पतालका लागि ‘मेमोग्राम’ मेसिन ल्याउन बोलपत्र गरिसकेका छौँ, या मेसिन जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुन्छ, अन्य अस्पतालमा धाउनुपर्दैन ।” दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गरेको उनले बताए।
अस्पतालले मिर्गौलाका बिरामीका लागि सहज सेवा दिन १० शय्याको डायलासिस कक्ष समेत तयार पारेको छ । “अस्पतालको आकस्मिक कक्षसँगै रहेको भवनमा १० शय्याको डायलासिस कक्ष तयार पारेका छौँ, प्रदेश र केन्द्रीय स्वास्थ्य मन्त्रालयले डायलासिस मेसिन दिएलगत्तै हामी यो सेवा पनि सञ्चालन गर्छौं, १० शय्याको डायलासिस मेसिन सञ्चालनमा ल्याउन पाए दैनिक कम्तीमा एक सय बिरामीलाई सेवा दिन सक्छौँ ।”
















रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया