‘युक्रेनको राजधानीमा भयानक विस्फोट’

काठमाडौँ । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय कर्मचारीले बताएका छन् ।
युक्रेनको वायु सेनाले एक टेलिग्राम सन्देशमा ‘उत्तरबाट ब्यालेस्टिक क्षेप्यास्त्र’ आएको भनी चेतावनी दिएको छ। रूसले युक्रेनमा आक्रमण गरेको लगभग तीन वर्षपछि राजधानी किएभमा भयानक आवाजसहित विष्फोट भएको हो । यसबाट के कति क्षति भयो समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन ।
अधिकारीहरूले दक्षिणी बन्दरगाह शहर खेरसनमा पनि क्षेप्यास्त्र आक्रमण भएको बताएका छन्, जहाँ एक व्यक्तिको मृत्यु भएको छ र छ जना घाइते भएका छन्।
मस्कोको सेना रुससँग सीमा जोडिएको खार्किभ क्षेत्रमा अघि बढिरहेको छ र युद्धको पहिलो वर्षमा कब्जा गरिएको कुपियान्स्क शहरलाई पुनः कब्जा गर्ने लक्ष्य राखेको छ।
युक्रेनले सेप्टेम्बर २०२२ मा यसलाई पुनः कब्जामा लिएको थियो जसमा युक्रेनी सेनाले खार्किभ क्षेत्रको ठूलो भूभाग पुनः प्राप्त गरेको थियो।
यसैबीच, रूसी अधिकारीहरूले किएभमा भएको पछिल्लो आक्रमण पश्चिमी राष्ट्रद्वारा युक्रेनलाई सहयोग गरिएका र रूसविरूद्धको आक्रमणमा प्रयोग गरिएको बदलामा भएको दाबी गरेका छन् ।
















सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
मोरङमा तीन अग्रज पत्रकार सम्मानित
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया