बाँकेमा धान उत्पादनमा वृद्धि

राँझा । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ।
यस वर्ष ३४ हजार पाँच सय दुई हेक्टर जमिनमा बर्खे धानखेती गरिएकोमा एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बाँकेमा यस वर्ष प्रतिहेक्टर धानको उत्पादकत्व चार दशमलव चार मेट्रिकटन रहेको थियो। गत वर्ष बर्खे र चैते धान गरी ३४ हजार छ सय ७५ हेक्टर जमिनमा धानखेती गरिएको थियो। जसबाट एकलाख ४५ हजार छ सय ५३ मेट्रिकटन धान उत्पादन भएको थियो। गतवर्षको चैते र बर्खे धानभन्दा यस वर्ष चैतेबाहेक बर्खेधानको उत्पादननै एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन भएको छ।
गत आवभन्दा यसवर्ष चार दशमलव २४ प्रतिशतका दरले धान उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सिञ्चित क्षेत्र विस्तार, हाइब्रिड जातको खेतीमा वृद्धि, बीउ प्रतिस्थापन दर वृद्धि र उपयुक्त मौसमका कारण धान उत्पादनमा वृद्धि भएको श्रेष्ठले जानकारी दिए।
गत वर्ष ३४ हजार छ सय ७५ हेक्टरमा धानखेती भएकोमा यस वर्ष ३४ हजार पाँचसय दुई हेक्टर जमिनमा धान रोपाइँ भएको थियो। बाँकेमा ३५ देखि ४० हेक्टर जमिनमा चैते धान खेती हुने गरेको छ। यस वर्ष बेलैमा पानी परेकाले धान उत्पादन बढेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी श्रेष्ठले भने, ‘यस वर्ष समयमा पानी परेपछि धान उत्पादनमा वृद्धि भएको छ, यसैगरी सिक्टा सिँचाइ आयोजनाबाट किसानले लाभ पाएका छन्।’
बाँकेमा सिक्टा सिँचाइलगायत विभिन्न योजनाबाट गरी २५ हजार एक सय १५ दशमलव ३० हेक्टर जमिनमा मात्रै सिँचाइ हुने गरेको छ। करिब १० हजार हेक्टर जमिनमा आकाशे पानीको भरमा किसानले धानखेती गरिरहेका छन्।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया