ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
मेरोन्यूज
२०८१ पुष ७ गते ७:५०

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना पराजित भएको छ।
बार्सिलोना आइतबार बिहान राति एट्लेटिको म्याड्रिडसँग २-१ गोलले पराजित भएको हो।
१-० ले पछि परेको स्थितिमा कमब्याक गर्दै एट्लेटिकोले बार्सिलोनालाई हराएको थियो।
एट्लेटिकोका लागि डि पाउलले ६० र सोइरलोथले इन्ज्युरी समयको ६ मिनेटमा गोल गरेका थिए।
पेड्रीको गोलबाट खेल सुरू भएको ३०औं मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो। तर, त्यो अग्रतालाई ६० मिनेटमा एट्लेटिकोले बराबरीमा ल्याएको थियो।
यो जितसँगै १८ खेलमा ४१ अंकसहित एटलेटिको लिगाको शीर्ष स्थानमा रहेको छ। बार्सिलोना १९ खेलमा ३८ अंकसहित दोस्रो र एक खेल कम खेलेको रियल म्याड्रिड ३७ अंकसहित तेस्रो स्थानमा छ।
सम्बन्धित











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया