२०२४ मा यी बलिउड कलाकारलाई आयाे ज्यान मार्ने धम्की

काठमाडौं। सन् २०२४ सकिन अब केही दिन मात्रै बाँकी छ ।
यो वर्ष धेरै बलिउड कलाकारले ज्यान मार्ने धम्कीको सामना गर्नुपर्याे । जसकारण लरेन्स बिश्नोई ग्रुप र अभिनेता सलमान खान सधैँ चर्चामा रहे ।
सलमानका निकट सहयोगी र एनसीपी नेता बाबा सिद्दिकीको अक्टोबर १२ मा हत्यापछि सलमानाई पनि कयौंपटक ज्यानमार्ने धम्की आएको थियो । उनको घरमा गोली समेत चलाइएको थियो । त्यसयता सलमानसँगै उनको घरको सुरक्षा बढाइएको छ । साथै यस अपराधमा संलग्न केहीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बाबा सिद्दिकीको हत्याको जिम्मा बिश्नोई समुहले लगिसकेको छ ।
यो वर्ष अभिनेता शाहरुख खानलाई पनि धम्की आएको छ । शाहरुखलाई मार्ने धम्की दिँदै ५० लाख भारु माग्ने एक वकिललाई प्रहरीले पक्राउ गरेको थियो ।
भारतका चर्चित र्यापर हनीसिंहले पनि एक अन्तरवार्तामा आफुलाई ग्याङस्टार गोल्डी ब्रारले ज्यानमार्ने धम्की दिँदै ५० लाख रुपैयाँ फिरौती मागेको खुलासा गरेका छन् ।
अभिनेता विक्रान्त मेसी पनि यो सूचीमा परेका छन् । गोधर घटनामा बनेको फिल्म ‘द साबरमती रिर्पोट’ पछि अभिनेता र उनको परिवारलाई ल्यान मार्ने धम्की आएको थियो ।
अभिनेत्री तथा नेता कंगना रनौतलाई पनि ज्यान मार्ने धमकी आएको उनले बताएकी छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया