मेयर कप टेबलटेनिस बुधबारदेखि

ललितपुर । ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २३ वडाबाट ६ सय ३७ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक वडा ९ का अध्यक्ष राजु महर्जनले जानकारी गराए ।
प्रतियोगितामा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबैमा नगद पुरस्कार राखिएको छ । प्रतियोगिता संयोजक सन्जु अवालेले कुल पुरस्कार राशी ३ लाख ६८ हजार रुपैयाँ रहेको बताए ।
वडा अध्यक्ष महर्जनले मेयर कप रात्रीकालीन भएकोले प्रतियोगिताको छुट्टै आकर्षण र महत्व रहेको बताउदै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख ८३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । छदिने प्रतियोगिताका खेलहरु पाटनको मःछें टोलमा हुनेछ ।















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया