आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ
मेरोन्यूज
२०८१ पुष ७ गते २०:५८

सिन्धुपाल्चोक । आफ्नै बुबाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
आफ्नै बुबा ५० वर्षीय यदु बहादुर बस्नेतको हत्या गरेको अभियोगमा मेलम्ची नगरपालिका(१० शिखरपुर बस्ने ३४ वर्षीय राजाराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले राजारामलाई पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका यदुको मेडिकल कलेज अत्तरखेलमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित








आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया