इन्सपेक्टर बिनु शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश
मेरोन्यूज
२०८१ पुष ८ गते १८:४१

काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको घटनामा संलग्न इन्सपेक्टर बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ ।
सोमबार ललितपुर जिल्ला अदालतले शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
फरार रहेकी उनी आइतबार बयानका निम्ति ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको थियो। सोमबार भएको थुनछेक बहसमा उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।
अब उनले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछिन्।
सम्बन्धित









यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया