वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङली घर भई काठमाडौँ टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशानकुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ ओख्रे घर भई काठमाडौं बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले इजरायल पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ र मलेसिया पठाइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।
सम्पर्कविहीन भएपछि पीडितहरूको प्रहरीलाई उजुरी गरेको थियो । सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले किशानलाई शुक्रबार र युवकलाई शनिबार काठमाडौँ रत्नपार्कबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
















वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
Eid al-Fitr enriches sense of mutual harmony and unity-PM Karki
BP Highway obstructed; vehicles put on hold
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया