हुम्लाको टेलिकम टावरमा क्षति

काठमाडाैं। अनधिकृत तथा बाहिरी व्यक्तिहरुको अवाञ्छित क्रियाकलापका कारण हुम्ला जिल्लाका कतिपय स्थानका नेपाल टेलिकमको बीटीएस टावरमा क्षति भई सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जानकारी दिएको छ।
हाल कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरुमा अनधिकृत रुपमा केही समूह/व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेको कम्पनीले स्पष्ट पारेको छ।
यसअघि सर्केगाड गाउँपालिका केन्द्रमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको समाचार सार्वजनिक भएको थियो। सोही विषयमा नेपाल टेलिकमले सर्केगाड गाउँपालिका-०५ स्थित बरै माइक्रो बीटीएसमा पुस ४ गते सोलार प्यानल, भीस्याटका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको स्पष्ट पारेको हो।
कम्पनीले विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमा मागेको छ।
कम्पनीले आफ्ना उपकरणहरु तथा सेवा अवरुद्ध नगर्न समेत सार्वजनिक अपिल गरेको छ। “सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पुर्याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न/नगराउनुहुन समेत नेपाल टेलिकम सबैमा अनुरोध गर्दछ।” कम्पनीले विज्ञप्तीमा भनेको छ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया