हुम्लाको टेलिकम टावरमा क्षति

काठमाडाैं। अनधिकृत तथा बाहिरी व्यक्तिहरुको अवाञ्छित क्रियाकलापका कारण हुम्ला जिल्लाका कतिपय स्थानका नेपाल टेलिकमको बीटीएस टावरमा क्षति भई सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जानकारी दिएको छ।
हाल कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरुमा अनधिकृत रुपमा केही समूह/व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेको कम्पनीले स्पष्ट पारेको छ।
यसअघि सर्केगाड गाउँपालिका केन्द्रमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको समाचार सार्वजनिक भएको थियो। सोही विषयमा नेपाल टेलिकमले सर्केगाड गाउँपालिका-०५ स्थित बरै माइक्रो बीटीएसमा पुस ४ गते सोलार प्यानल, भीस्याटका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको स्पष्ट पारेको हो।
कम्पनीले विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमा मागेको छ।
कम्पनीले आफ्ना उपकरणहरु तथा सेवा अवरुद्ध नगर्न समेत सार्वजनिक अपिल गरेको छ। “सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पुर्याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न/नगराउनुहुन समेत नेपाल टेलिकम सबैमा अनुरोध गर्दछ।” कम्पनीले विज्ञप्तीमा भनेको छ।















मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया