ललितपुरमा युवकको हत्या, एकजना पक्राउ
मेरोन्यूज
२०८१ पुष ९ गते १२:०६

काठमाडौं । ललितपुरमा एक युवकको हत्या भएको छ ।
प्रहरीका अनुसार ललितपुर सातदोबाटो बस्ने सुनसरी ईटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या भएको हो ।
यस अभियोगमा प्रहरीले ललितपुर महानगरपालिका-९ च्यासलस्थित टाउन अफ क्याफेका कामदार डडेलधुरा घर भई ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टलाई सोमबार राति पक्राउ गरेको छ ।
भट्टले सोही क्याफेमा आएका नयनलाई विवादको क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि बिएण्डबि अस्पताल ग्वार्को पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको खबर पाएपछि प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको लागि क्याफेका संचालक र क्याफेका कुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया