आइतबार, वैशाख १३, २०८३

चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने

मेरोन्यूज २०८१ पुष १० गते १०:०४

काठमाडौं । आजदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आउने भएको छ। 

Advertisement
NiccNicc

क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको  फिल्म ‘देववाणी’ नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। 

फिल्मको प्रचार प्रसारका लागि  बलिउड अभिनेताद्वोय ह्यारी जोश र कुन्दन भारद्वाज  काठमाडौं पुगिसकेका छन्।

ह्यारी जोशले भारतीय फिल्म वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङलगायतमा काम गरिसकेका छन्। अभिनेता ह्यारीले काठमाडौं विमानस्थलमा ओर्लिए लगत्तै आफूलाई नेपाल र नेपाली अत्यधिक मनपर्ने बताएका थिए।

ह्यारीले बलिउड र तेलुगु हिट फिल्ममा खलनायकको भूमिका निर्वाह गरिसकेका छन्। उनले केही दिन काठमाडौंमा रहेर उक्त फिल्मको प्रचार गर्नेछन्। 

मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी रहेको निर्देशक बाबु साहेब बलामी बताउँछन्। निर्देशक बलामीका अनुसार बुधबार र बिहीबार जोशले हल भिजिट गर्नेछन्। बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन्। 

त्यसपछि उनी इलाम पुगेर स्थानीय हलमा दर्शकसँगै फिल्म हेर्नेछन्। त्यसपछि उनी मुम्बई फर्किने योजना छ। 

मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको समेत अभिनय छ।

प्रतिक्रिया