अवैध उत्खनन्मा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
मेरोन्यूज
२०८१ पुष १० गते २१:०२

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ स्थित गागन खोलाबाट गैरकानूनी ढङ्गबाट गिट्टी, बालुवा उत्खननमा प्रयोग गरिएका एक डोजर (जेसीबी) र एक टिप्पर वन कार्यालयले नियन्त्रणमा लिएको छ ।
मङ्गलबार चोहर्वास्थित सवडिभिजन वन कार्यालयको गस्ती टोलीले प्रदेश ३–०१–००३ क ६९२७ नम्बरको डोजर र प्रदेश २–०३–००१ क १९४८ नम्बरको टिपर नियन्त्रणमा लिएको वन कार्यालयका प्रमुख आविद हुसेनले जानकारी दिए ।
डिभिजन वन कार्यालय, लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विशेष सूचनाका आधारमा टोली खोलामा खटिएको थियो ।
उक्त टोलीले मात्रै उक्त गाडी नियन्त्रणमा लिन असम्भव भएपछि चोहर्वाबाट थप टोली बोलाइएको थियो । उत्खनन्मा संलग्न व्यक्तिहरु भने भाग्न सफल भएको बताइएको छ ।
सम्बन्धित
















इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया