आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताए । यहाँको कालिका नगरपालिका–५ स्थित श्री पदमपुर आधारभूत विद्यालय ढेढौलीको ७०औँ वार्षिकोत्सव एवं विद्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले प्राप्त संविधानलाई रक्षा गर्दै औचित्य र आवश्यकताका आधारमा संशोधन गर्न सकिने बताएका हुन् ।
अध्यक्ष दाहालले भने, “ऐन कानुन निर्माणमा ढिलाइ हुनाले केही जटिलतामा छौँ, मौलिक अधिकारको हिसाबले हामी समृद्ध छौँ, तर पुरानो अवस्थातिर फर्किन खोज्नेबाट सजग हुनुपर्छ ।”
जनताले अझै प्राप्त उपलब्धिको अनुभूति गर्न नपाएको उनले बताए । उनले भने , “संविधानसभाले संविधान बनायो । ठुलै चिज पाइयो भनियो तर अझै अनभूति गर्न पाएको छैन । जनताले केही नपाएको भने होइन, गणतन्त्र सङ्घीयता, धर्म निरपेक्षता, समावेशी, समानुपातिकलगायत थुप्रै अधिकार प्राप्त गरेका छन् ।”
वर्तमान संविधानकै कारण महिला दलित उत्पीडित जाति, वर्ग, क्षेत्र र लिङ्गका मानिस सरकारमा जाने अवसर पाएको उनको भनाइ छ । उनले शिक्षक, विद्यार्थी र अभिभावक बीचको अन्तर सम्बन्धलाई ठीक ढङ्गले बुझाउन सक्नुपर्ने बताए । एक करोड लगानीमा निर्माण हुन लागेको विद्यालय भवनको अध्यक्ष दाहालले शिलान्यास गरे ।
















बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया