बागमती प्रदेश सरकारद्वारा चार सचिवको पदस्थापन

काठमाडौं । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सङ्घीय सरकारबाट सरुवा भइ आएका तीन र प्रदेशमा हालै बढुवा भएका एक सचिवको पदस्थापन गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार सङ्घीय सरकारले सरुवा गरी पठाएका डा। सुमित्रा गौतम, वीरेन्द्रदेव भारती र रितेशकुमार शाक्यलाई पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेश निजामती ऐन अनुसार ११ औं तहमा बढुवा भएका खुविराम अधिकारीलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।
प्रदेश प्राविधिक तथा व्यावसायिक एवम् तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी शान्ति लामालाई नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति एवं नवीकरण स्तरोन्नतिसम्बन्धी मापदण्ड २०८१, वार्षिक आयोजना छनोट कार्यविधि २०७८ संशोधन, तालिम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ र प्रविधि हस्तान्तरणसम्बन्धी कार्यक्रम २०८१ लाई मन्त्रिपरिषद् अन्तर्गतको समितिमा छलफलका लागि पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता मन्त्री लामिछानेले बताए।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया