भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन
मेरोन्यूज
२०८१ पुष १२ गते ६:४०

नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ ।
कांग्रेस आइका नेता शशि थरुरले यसवारेमा औपचारिक जानकारी दिएका छन ।
‘यो धेरै दुखको कुरा हो। उहाँ देशको सेवा गर्ने महान प्रधानमन्त्री हुनुहुन्थ्यो। हामी हाम्रा सबै कार्यक्रम रद्द गरेर दिल्ली फर्कदैछौं।’
उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिंहको निधन प्रति दुःख ब्यक्त गरेका छन । ‘डा. मनमोहन सिंह जी र म गुजरातको मुख्यमन्त्री हुँदा नियमित कुराकानी गर्थ्यौं। हामी सुशासनसँग सम्बन्धित विभिन्न विषयमा गहिरो छलफल गर्थ्यौं। उहाँको बुद्धिमत्ता र नम्रता सधैं देखिने थियो। दुखको यस घडीमा डा. मनमोहन सिंहजीको परिवार, उहाँका साथीहरू र अनगिन्ती प्रशंसकहरूसँग मेरो समवेदना छ। ओम शान्ति ।’
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया