राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
मेरोन्यूज
२०८१ पुष १२ गते ७:५०

दमौली (तनहुँ) । राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले म्याराथन आयोजना गर्न लागेको हो । पुस २७ गते ४३ किलोमिटर म्याराथन हुने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
म्याराथनको तयारी थालिएको उनले बताए । धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी– गाउँपालिकाको कार्यालय– अर्खलाछाप–काफलडाँडा– पुरानो ऋषिङ–पोखरीभञ्ज्याङ–गोठादी–ढुङ्गाडे–चालिसे–भिरकोट– अर्चल्दी–मौरीबास–दाङसिरी–दुवुङकोटमा टुङ्गिनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार तृतीय हुनेलाई रु २५ हजार र एक जनालाई सान्त्वना पुरस्कार रु दश हजार प्रदान गरिनेछ ।
सम्बन्धित














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया