नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं। नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।
महोत्तरी जलेश्वर नगरपालिका-२ हरिटोल ठेगाना भई ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३० वर्षीय डा। आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितलाई सामाजिक संजाल फेसबुक मार्फत साथि बनाइ आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई वेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रूपैयाँ समेत चोरी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्कबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट नगद ५९ हजार ३ सय ६० रूपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ ।
उनलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।
















अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया