नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण : स्वास्थ्यमन्त्री पौडेल

दमौली। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–२ निवासी पूर्वराज्यमन्त्री एवं कांग्रेस नेता अमरराज कैनीद्वारा लिखित ‘आफ्नै विगत नियाल्दा, प्रजातन्त्रको सौन्दर्य र अविस्मृत विम्बहरू’ पुस्तकको आज दमौलीमा विमोचन गर्दै स्वास्थ्यमन्त्री पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलन, कांग्रेस पार्टीको सुदृढीकरणमा कैनीको भूमिकालाई बिर्सन नमिल्ने बताए ।
उनले भने, ‘देश र पार्टीका लागि उनले खेलेको भूमिकालाई हामीले बिर्सन मिल्दैन ।’ स्वास्थ्यमन्त्री पौडेलले कैनीले लेखेको पुस्तक अध्ययनका लागि महत्त्वपूर्ण स्रोत हुने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले कैनीको योगदानका बारेमा चर्चा गरेका थिए ।
















यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया