चितवनको मेघौलीमा रैथाने खाना महोत्सव

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा पारेर राष्ट्रिय खाना महोत्सव आज (शुक्रबार) देखि मेघौलीमा सुरू भएको छ। महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरे।
रैथाने खानाको महत्त्व बुझाउन यस्ता महोत्सव प्रभावकारी हुने मुख्यमन्त्री लामाले बताए। उनले भने, ‘रैथाने चिजको संरक्षण गर्नुपर्छ। रैथाने खानाको संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आउनेछन्।’ रैथाने खानाको महसुस हुने गरी काम गर्न आवश्यक रहेको उनले बताए। यसले नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा लक्ष्यअनुसार पर्यटक आएको बताइन्। भ्रमण वर्षको अवसरमा बाह्य दुई लाख र आन्तरिक १० लाख पर्यटकले भरतपुरका पर्यटकीय क्षेत्रको अवलोकन गरेका उनले बताइन्।
भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्विमा महत्त्वपूर्ण भूमिका पुगेको उनले बताइन्।
पुस १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहेको संयोजक मायाराम चौधरीले जानकारी दिए। महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरूङ, बोटे, मुसहर समुदायसहितका स्थानीय जातका खाना राखिएका छन्।
स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने चौधरीले बताए। महोत्सवमा एक लाखभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ।
















15 killed, 7 injured as Russian drone hits miners’ bus in Pavlohrad, emergency service says : Ukraine
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
Kathmandu : The price of gold has declined by Rs 13,400 per tola (11.66 grams) in the domestic market today.
बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया