तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण

दमौली। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ ।
प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति वितरण गरिरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
मुआब्जा निर्धारण समितिबाट निर्माण कार्यका कारण क्षति पुगेका ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ घरपरिवारका घर तथा संरचनाको क्षतिपूर्ति निर्धारण गरेपश्चात् ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण भइसकेको भण्डारीले बताए ।
भण्डारीका अनुसार क्षति भएका घरको अनुगमनपश्चात् अधिकतम रू तीन लाख र न्यूनतम रू दश हजार क्षतिपूर्ति तोकिएको छ । उनले भने,शासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको क्षतिपूर्ति रकम वितरण भइरहेको छ ।” संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयवासीबाट निवेदन आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा पूर्वाधार विकास कार्यालयका इन्जिनियर, आयोजनाका इन्जिनियरलगायत सदस्य थिए ।
आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको काम भइरहेको छ । यस प्याकेजअन्तर्गतका संरचनाको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ । हालसम्म यो प्याकेजको प्रगति ३५ दशमलव ८ प्रतिशत रहेको भण्डारीको भनाइ छ ।
यो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण कार्य सुरू गर्न पूर्वतयारीका कार्य भइरहेका छन् । भण्डारीका अनुसार बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान कार्य सम्पन्न गरिएको छ । भण्डारीले भने “बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, कङ्क्रिट र माथिल्लो तटीय क्षेत्रमा ड्रिलिङ, ग्राउटिङलगायत काम जारी छ ।”
सेती नदीको दायाँ र बायाँ किनारतर्फ ग्राउटिङ ग्याली सुरूङ निर्माणका लागि खन्ने कार्य सुरू गरिएको छ भने सेती नदीको दायाँ किनारतर्फको इलिभेसन तह तीन सय ७५ मिटरमा ग्राउटिङ ग्यालरी सुरूङ निर्माणका लागि खन्ने र त्यसका आवश्यक सहयोगका लागि रकबोल्ट, सटक्रिट कार्यसहित यस अवधिमा दुई मिटर काम सम्पन्न गरिएको भण्डारीले बताए।
















15 killed, 7 injured as Russian drone hits miners’ bus in Pavlohrad, emergency service says : Ukraine
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
Kathmandu : The price of gold has declined by Rs 13,400 per tola (11.66 grams) in the domestic market today.
बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया