दीपक मनाङेका तत्कालीन स्वकीय सचिव भण्डारी पक्राउ
मेरोन्यूज
२०८१ पुष १३ गते २०:५४

काठमाडौं। दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि रड आक्रमण घटनामा शनिबार साँझ भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
मनाङे मन्त्री हुँदा सिन्धुली घर भएका भण्डारी स्वकीय सचिव थिए।
चार जनाको समूहले इनोभा अस्पतालको पार्किङमा लामामाथि मार्ने उद्देश्यसहित आक्रमण गरेका थिए ।
लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष थियो ।
सम्बन्धित
प्रतिक्रिया