अस्ट्रेलियाविरुद्ध नितिश कुमार रेड्डीको सानदार शतक

काठमाडौँ । भारतका नितिश कुमार र्रेड्डीले अस्ट्रेलियाविरुद्ध जारी बक्सिङ डे टेस्टमा शतक प्रहार गरेका छन् ।
टेस्टको पहिलो इनिंगमा नितिशले अस्ट्रेलियाविरुद्ध आठ नम्बरमा ब्याटिंग गर्दै शतक प्रहार गरेका हुन् । चौथो टेस्ट खेलिरहेका नितिशको यो पहिलो टेस्ट शतक हो ।
साथै नितिशले यस शतकसंगै कैयौं रेकर्ड बनाएका छन् । उनले अस्ट्रेलियामा शतक बनाउने तेस्रो कम उमेरको खेलाडी बनेका छन् भने आठ नम्बरमा ब्याटिंग गरेर धेरै रन बनाउने रेकर्ड समेत बनाएका छन् । साथै नितिशले आठौँ विकेटका लागि वाशिंटन सुन्दरसँग मिलेर १२७ रनको कीर्तिमानी साझेदारी गरेका थिए । सुन्दर ५० रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल भारतले ९ विकेट गुमाउदै ३५८ रन बनाएको छ र अस्ट्रेलियाभन्दा ११६ रनले पछाडी रहेको छ । खेल अहिले खराब मौसमका कारण रोकिएको छ ।
यसअघि अस्ट्रेलियाले पहिलो इनिंगमा ४७४ रन बनाएको थियो ।
















प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया