अस्ट्रेलियाविरुद्ध नितिश कुमार रेड्डीको सानदार शतक

काठमाडौँ । भारतका नितिश कुमार र्रेड्डीले अस्ट्रेलियाविरुद्ध जारी बक्सिङ डे टेस्टमा शतक प्रहार गरेका छन् ।
टेस्टको पहिलो इनिंगमा नितिशले अस्ट्रेलियाविरुद्ध आठ नम्बरमा ब्याटिंग गर्दै शतक प्रहार गरेका हुन् । चौथो टेस्ट खेलिरहेका नितिशको यो पहिलो टेस्ट शतक हो ।
साथै नितिशले यस शतकसंगै कैयौं रेकर्ड बनाएका छन् । उनले अस्ट्रेलियामा शतक बनाउने तेस्रो कम उमेरको खेलाडी बनेका छन् भने आठ नम्बरमा ब्याटिंग गरेर धेरै रन बनाउने रेकर्ड समेत बनाएका छन् । साथै नितिशले आठौँ विकेटका लागि वाशिंटन सुन्दरसँग मिलेर १२७ रनको कीर्तिमानी साझेदारी गरेका थिए । सुन्दर ५० रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल भारतले ९ विकेट गुमाउदै ३५८ रन बनाएको छ र अस्ट्रेलियाभन्दा ११६ रनले पछाडी रहेको छ । खेल अहिले खराब मौसमका कारण रोकिएको छ ।
यसअघि अस्ट्रेलियाले पहिलो इनिंगमा ४७४ रन बनाएको थियो ।











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया