मंगलबार, वैशाख १६, २०८२

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

मेरोन्यूज २०८१ पुष १४ गते १३:०७

काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा भक्तपुरको साँगामा आकस्मिक अवतरण गरेको छ।

आइतबार बिहान सवा १० बजे हेलि एभेरेष्टको ९ एन-एकेजी हेलिकप्टर लुक्लाबाट काठमाडौं आउँदै गर्दा चरा ठोक्किएको हो । चरा ठोक्किएपछि पाइलटले हेलिकप्टर साँगामा आकस्मिक अवतरण गराएका हुन् ।

स्रोतका अनुसार हेलिकप्टरमा विदेशी पाइलट र पाँच जना यात्रु गरी ६ जना सवार थिए।

प्रतिक्रिया