मंगलबार, वैशाख ८, २०८३

पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड गोरखापत्रकी कविता थापालाई

मेरोन्यूज २०८२ वैशाख १४ गते १७:५८

काठमाडौं । पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड गोरखापत्र दैनिककी पत्रकार कविता थापाले जितेकी छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा शनिबार आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” समारोहमा थापालाई अवार्ड प्रदान गरिएको हो।

यो अवार्डका लागि पाँच महिला पत्रकारको नाम मनोनयनमा परेको थियो । सो मध्येबाट थापा उत्कृष्ट भएकी हुन् ।

कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का लगायतको उपस्थितिमा ८ विधामा उत्कृष्ट फोटो पत्रकारहरूलाई अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया